मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम मौसम
-- Advestisement --

[rank_math_breadcrumb]

सडकमा लेदोसहित पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध

By admin

Published on:

Follow Us
-- Advestisement --

सिन्धुली : लेदो सहितको पहिरो खसेपछि शनिबार बिहानैदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शुक्रबार राती परेको पानीका कारण पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी खण्ड अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका -६ स्थित अक्करेभिर र बलेनीमा पहिरोका कारण सडक अबरुद्ध भएको छ ।

त्यहाँ बिहान ४ बजेदेखि राजमार्ग अवरुद्ध भएको सिन्धुलीका प्रहरी प्रवक्ता सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।

लेदोको कारण ओखलढुङ्गाबाट काठमाडौंतर्फ हिँडेको ना ७ ख ७८९० नम्बरको ६ चक्के ट्रक बिच सडकमै फसेको छ । उक्त ट्रकमा ११ वटा भैंसी लोड गरिएको छ । पहिरोका कारण बिहानैदेखि दर्जनौं सवारी साधनहरू रोकिएका छन् । लेदोमा फसेको ट्रक र त्यसमा रहेका भैंसीहरुको उद्धार गर्ने प्रयास भई रहेको प्रहरीले जनाएको छ ।

-- Advestisement --
Latest Post

आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा

काठमाडौं : देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका ...

मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा विवादै–विवाद

सुर्खेत : देशलाई पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेत खण्डमा एकपछि अर्को विवाद उत्पन्न हुन थालेका छन् । विवादकै कारण राजमार्गको काममा ...

थापा चुनिए राष्ट्रसंघ परिषद् अध्यक्ष, नेपालको ऐतिहासिक फड्को

अमेरिका : संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसल ...

४ दिनदेखि माइतीघरमा दिक्तेलका मेयर भट्टराई आमरण अनसनमा, के छन् माग ?

काठमाडौं : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले शनिबार चौथो दिनपनि आज बिहानैबाट अनसनलाई निरन्तरता दिएका छन् । विभिन्न ७ ...

Leave a Comment